भारु नसाटिदा स्थानीयलाई समस्या, व्यापारी भन्छन्–व्यापार नै चौपट हुने भयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारु नसाटिदा स्थानीयलाई समस्या, व्यापारी भन्छन्–व्यापार नै चौपट हुने भयो

bharatiye note

डोटी, १ पुष । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानिय समस्यामा परेका हुन् ।

कामका लागि भारतका बिभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानियले घर फर्किदा ल्याएका भारतिय नोटहरु अहिले नसाटिन थालेपछि उनिहरु निकै समस्यामा परेको डोटीका स्थानिय चेतराज भट्टले बताए ।

‘भारत गएकाहरुले पुरै भारतिय नोट ल्याएका छन् सरकारले नसाट्ने भनेपछि समस्या भएको छ, उहाँले भन्नुभयो ‘हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।’

यस्तै दिपायलको पिपल्लामा रहेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले आफुकहाँ दैनिक दर्जनौ ग्राहक भारु लिएर आउने गरेको जानकारी दिँदै भने–‘कुनै पनि सामान किन्दा भारु दिन्छन् तर सरकारले भारु चल्दैन भनेको छ, दैनिक ग्राहक फर्काउनु परेको छ, के गर्ने ?

सुदूरपश्चिम प्रदेशका बैतडी, अछाम, बझांङ, बाजुरा, दार्चुला, कैलाली, कञ्चनपुर तथा डोटीका स्थानियबासी प्राय कामका लागि भारत जाने गर्दछन् । यहाँका कतिपय जिल्लामा त नेपाली नोटभन्दा भारतिय नोटको बढी कारोवार हुदै आएको उनीहरु बताउछन् ।

बजारमा भारतिय रुपिया चल्न छाडेपछि यहाँको ब्यापार ब्यबसायमा पनि निकै कमि आएको दिपायल पिपल्लाका स्थानिय ब्यापारी तुलसी शाहीले गुनासो गर्दै भने ‘अधिकांस ग्राहक भारतिय रुपिया लिएर सामान किन्न आउछन् नचल्ने भएपछि भारुमा सामान दिएका छैनौ, त्यसैले ब्यापार चौपट हुने भयो ।’

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);