राजदूत शेर्पालाई के गर्ने ?, छानबिन टोली नै अलमलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजदूत शेर्पालाई के गर्ने ?, छानबिन टोली नै अलमलमा

lucky sherpa

काठमाडौं, १ पुष । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने सरकार अलमलमा परेको छ। उनमाथि लागेको आरोप सत्य भए नभएको छानबिन समितिले अझै स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो।

प्रारम्भिक अध्ययनका आधारमा सञ्चारमाध्यममा आएका सबै असत्य भन्न नसकिने हुनाले केही समय लाग्ने दोधारे मौखिक जानकारी समितिले दिइरहेको छ। समितिले अध्ययन थालेको एक साता बितिसकेको छ। आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागी अमेरिका जाने हुनाले बिहानै कुनै टुंगोमा पुग्नुपर्ने धारणा राजनीतिक नेतृत्वको रहेको परराष्ट्रका अधिकारीले बताए।

परराष्ट्र सचिव बैरागी आइतबार चीनबाट फर्कंदै छन्। उनी नेपाल–चीन संयन्त्र बैठकका लागि गएका थिए। उनी आएलगत्तै यसमा छलफल हुने बताइएको छ। समितिले आइतबार मन्त्रालयमा औपचारिक धारणा बुझाउने तयारी गरेको छ।

परराष्ट्र मन्त्रालयका ३ सहसचिव संलग्न समितिले विभिन्न कोणबाट छानबिन गरेको बताइएको छ। ‘समितिले अध्ययन गरिरहेको छ। सबै कोणबाट अध्ययन गरिरहनुभएको जानकारी दिइएको छ। समितिको सुझावका आधारमा नै निर्णय हुने हो’, परराष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन। जे पनि हुनसक्छ।’ सत्य तथ्य पत्ता लगाउन गठन भए पनि समितिसमेत ‘राजनीतिक मुड’ बुझ्न खोज्दैछ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);