दुईसय, पाँचसय र दुईहजारका भारतीय नोटहरु प्रतिबन्ध, नोटबन्दीले कस्तो असर पर्ला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुईसय, पाँचसय र दुईहजारका भारतीय नोटहरु प्रतिबन्ध, नोटबन्दीले कस्तो असर पर्ला ?

Indian_rupee

सीता शर्मा, काठमाडौं, ३ पुस । सरकारले मंसिर २४ गतेको मन्त्रिपरिषद बैठकबाट दुईसय, पाँचसय र दुईहजारका भारतीय नोटहरु प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

सरकारको यो निर्णय एक हप्तापछि सार्वजनिक हुँदासम्म भारतीय नोटलाई नेपाली रुपौँया सरह प्रयोग गरिरहेका नागरिकलाई कुनै सूचना थिएन । पुरानो सूचना अनुसार भारतीय रुपैयामा कारोवार गरिरहेकाहरुलाई नेपालमा लागेको नोटबन्दीले कस्तो असर पर्ला त?

नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधी मन्त्री गोकुल बास्कोटाले गएको विहिबार पत्रकार सम्मेलन गरेर सोमबारको मन्त्रीपरिषद बैठकको निणर्य सार्वजनिक गरे। सार्वजनिक गरिएका निर्णय मध्ये एउटा निर्णय अनुसार अव दुईसय, पाँचसय र दुई हजार रुपैयाका भारतीय नोटहरु नेपाली बजारमा चलाउन पाइने छैन ।

सरकारको यो निणर्यपछी अब नेपालमा १०० रुपैयाका बाहेक अरु सबै भारतिय रुपैयाका नोटहरु अबैध हुने भएका छन् । सरकारको यो निर्णयमा अहिले नेपाली बजारमा बैधानिक रुपमा रहेका दुईसय, पाँचसय र दुईहजारका भारतीय नोटको अवस्था के हुने भन्नेबारे स्पष्ट पारिएको छैन ।

यसअघि भारतले पाँच सय र हजार दरका नोटबन्दी गरेपछी नेपालमा पनि पाँच सय र एक हजार रुपैयाका भारतीय नोटमा प्रतिबन्ध लागेको थियो । त्यसवेला नेपालमा रहेका नोटको सटहीका लागि नेपाल सरकार र राष्ट्र बैकले भारतीय पक्षसँग अनेक प्रयास गरेपनि भारतीय पक्षले ती नोट सटही नगरिदिदा धेरै व्यापारि तथा सर्वसाधारण मर्कामापरेका थिए ।

खुल्ला बजार र भारतीय नोटको खुल्ला कारोवार चलिरहेका बेला अहिले सरकारले लिएको निर्णयले कस्तो समस्या पर्छ र त्यसको समाधान के हुन सक्छ भन्ने बहस सुरु भएको छ ।

नेपालमा भारतीय नोट बन्दीले व्यवसायमै समस्या पर्ने निर्माण व्यवसायमा लागेका व्यापारीको भनाई छ । नेपाल भारतका सिमा क्षेत्रमा नेपाली नोट भन्दा बढी भारतीय नोटको कारोवार हुन्छ । त्यही कारण काम गर्न असहज हुने व्यवसायीहररुको तर्क छ ।

नेपाली कामदार नहुँदा भारतीय कामदारको प्रयोग गनुपर्ने, नेपालमा उपलब्ध नभएका मेसीन औजारहरु भारतीय बजारबाटै ल्याउनुपर्ने र त्यसका लागि भारतीय रुपैया कै आवश्यकता पर्ने हुँदा विकास निमार्णका काम प्रभावित हुने उनीहरुको बुझाई छ ।

नेपालका बैंकहरुले आवश्यक मात्रामा भारतीय रुपैया सटहि गर्न नसक्दा दुईसय, पाँचसय र दुई हजारका नोटहरु व्यापारी–व्यापारीबीच व्यापारिक प्रयोजनमा चलिरहेको छ । त्यसरी कारोवार हुँदा धेरै त्यस्ता नोट बैकिङ प्रणाली भन्दा बाहिर रहेकाकारण बैकमा नआएको बैकरहरुको भनाई छ ।

खुल्लारुपमा भारतीय रुपैया प्रयोग गर्दा नेपालको अर्थतन्त्रमा असर पर्ने र कालोबजारी बढ्ने भन्दै सरकारले लिएको निणर्य सकारात्मक भएपनि पर्याप्त तयारी विननै निर्णय गर्दा त्यसले निश्चित व्यवसायी तथा भारतीय रुपैया राखेको व्यक्तिहरुलाई नकारात्मक प्रभव पार्न सक्ने अर्थविद्हरुको बुझाई छ । नेपाली कामदारको ठुलो संख्या भारतमा रहेको र उनीहरुलाई सुचना नदिई निर्णय लिँदा समस्यामा आउन सक्ने भन्दै पर्याप्त गृहकार्य गर्न सरकारलाई अर्थविदहरुको सुझाव छ ।

कुनै पनि देशले विदेशी मुद्रको प्रयोग आफ्नो अनुकुलतामै गर्ने हो । तर, हिजोसम्म खुल्ला गरिएका नोट आज प्रतिबन्ध लगाउँदा आफ्नै नागरिकलाई पर्ने असरका विषयमा भने सरकार सचेत र जिम्मेवार बन्न आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);