नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताउनुभएको छ ।सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताउनु भयो । उहाँले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताउनु भयो ।

उहाँले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको बताउनु भयो । उहाँले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गर्नुभयो । उहाँले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले गौरा लगायत पर्वहरुले नेपालको पहिचान दिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);