कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो

भाद्र ६, २०८१ बिहीबार

धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनसन बसेको आज तेस्रो दिन पनि सरकारले चासो नदेखाएको अनसनरत युवाहरुले गुनासो गरेका छन् ।अनसनको तेस्रो दिन बिहीवार पनि सरकारले चासो नदेखाएको उनीहरुले बताएका हुन् । युवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको चिकित्सकले बताएका छन् । अनसनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिनकुमार यादवले अनसनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गइरहेको बताउनु भयो । उहाँकाअनुसार खाना नखाएकाले उनीहरुका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ ।

यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनशनलाई स्टन्टको संज्ञा दिएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । आमरण अनसनमा बसेको तीन दिन भइसक्दा समेत प्रदेश सरकारबाट हालखबर बुझ्नसम्म कोही नआएको दुःखेसो पोख्नुभयो । उहाँले अनसन बसेको पहिलो दिन भौतिकमन्त्री सरोज यादव भेट्न आएपनि हाम्रो माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);