राजश्व चुहावट नियन्त्रणका लागि कानुनको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

राजश्व चुहावट नियन्त्रणका लागि कानुनको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा

मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रीय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण बैठक शुरु भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूको सहभागिता छ । यस्तै, राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भूमिकालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण र विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा भइरहेको छ । अर्थमन्त्री डा. वाग्लेले राजश्व प्रशासनसँग सम्बन्धित विभिन्न महाशाखा तथा विभागका प्रमुखहरूलाई राजश्व संकलनमा देखिएका चुनौतीहरू समाधान गर्न र चुहावट रोक्न निर्देशन दिने कार्यक्रम रहेको छ ।

Leave a Reply