पर्यटन क्षेत्रलाई विकल्प खोई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्यटन क्षेत्रलाई विकल्प खोई

काठमाडौं, २८ असोज । पर्यटन क्षेत्रको विकासमा सरकारले चासो नदेखाएको पर्यटन व्यबसायीहरूको आरोप छ । सरकारले समेत केहि विकल्प दिन नसक्दा लामो समयदेखी पर्यटन क्षेत्र चलायमान हुन नसकेको व्यवसायीको गुनासो छ । नेपालको आर्थिक प्रवद्र्धनका लागी पर्यटन क्षेत्रले निकै महत्वपुर्ण भुमिका खेलेको पाइन्छ ।

तर पछिल्लो समय कोरोना प्रभावका कारण पर्यटन क्षेत्र ठप्प छ । यसको प्रत्यक्ष असर नेपालको आर्थिक क्षेत्रमा समेत परेको देखिन्छ । पर्यटन व्यबसायी र कर्मचारकिो समेत रोजगारी खोसिएको छ । कोभिड १९ पछि पर्यटन व्यबसायमा संलग्नहरू गाउँघर तिर गएको र सरकारले कुनै पनि विकल्प नदिँदा व्यवसाय ठप्प बनेको पर्यटन पर्यटन व्यबसायीको गुनासोे छ ।

चाडपर्व नजिकिदै गर्दा दशै तिहार छठ लगायतका पर्वहरुमा विभिन्न प्याकेजहरु जस्तै दुई दिने रयाफ्टिङ,प्याराग्लाइडिङ, ट्रेकिङ जस्ता प्याकेजहरु ल्याउन सके पर्यटन खस्केको पर्यटन व्यवसायलाईै केहि राहत मिल्ने व्यवसायीको भनाई छ । व्यबसायीहरुले मापदण्ड अनुसार बनाएका योजनालाई सरकारले सम्बोधन गर्नुपर्ने व्यबसायीको माग छ । सिलिङ प्राइजमा पर्यटकहरुलाई उपलब्धिमुलक सेवा दिन सके अहिलेको अबस्थामा पनि पर्यटन व्यबसाय बाट व्यबसायीलाई राहत मिल्ने थियो ।

तर यतिका समय बितिसक्दा पनि सरकारले पर्यटन क्षेत्रलाई बेवास्ता गरेको व्यबसायीको आरोप छ । पर्यटन वर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारको योजना कोभिड १९ को प्रभावमा परे पनि रोकिएको योजनालाई २०२२ मा निरन्तरता दिनुपर्ने व्यबसायीहरूको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);