२८ जेठ, काठमाडौं । कतारमा खाद्यान्न संकट हुनसक्ने तर्फ मध्यनजर गर्दै इरानले पाँच वटा काग्रो विमानमा खाध्यान्न पठाएको छ ।
कतारले आंतवदी संगठनलाई सघाएको आरोप लगाउँदै सात वटा खाडी मुलुकले कतारमाथि प्रतिबन्ध लगाएपछि इरानले सहयोग स्वरुप खाध्यान्न पठाएको हो । इरानले पाँच ओटा कार्गोे विमानमा फलफूल, तरकारी लगायतका ताजा खानेकुरा पठाइएको इरानी अधिकारीहरुले जनाएका छन् । हरेक विमानले करिब ९० टन खाध्यान्न बोकेका थिए ।
कतारका लागि खाध्यान्न सहित अन्य जहाज पनि पठाउने तयारी भइरहेको इरानका हवाई प्रवक्ता शाक्रोख नौशाबाडीले जानकारी दिए । कतारको माग अनुसार निरन्तर निर्यात गर्न र करिब ३५० टन खाध्यान्न पानी जहाजमा राखेर कतारको वन्दरगाहामा पु¥याइएको नौशाबाजीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।