नयाँ सरकार गठनका लागि बेलायतमा मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नयाँ सरकार गठनका लागि बेलायतमा मतदान

२५ जेठ, काठमाडौं । बेलायतमा नयाँ सरकार गठनका लागि मतदान भईरहेको छ ।

नयाँ सरकार गठनका लागि बेलायतमा मतदान

२५ जेठ, काठमाडौं । बेलायतमा नयाँ सरकार गठनका लागि मतदान भईरहेको छ ।

देशभरका ४० हजार मतदान केन्द्रमा स्थानीय समय अनुसार बिहान सात बजेदेखि नै जारी मतदान राति १० बजेसम्म चल्नेछ । संसदको ६ सय ५० सिटका लागि भईरहेको निर्वाचन करीब चार करोड ६९ लाख मतदाता सहभागी हुने अनुमान गरिएको छ । तीमध्ये केही भोट पोष्टल भोटिङ मार्फत यसअघि नै खसिसकेका छन् ।

अधिकांश मतदान केन्द्र विद्यालय, सामुदायिक केन्द्र र भवनहरुमा राखिएको छ । मतदान सकिए लगत्तै राति सवा १० बजेबाट मतगणना सुरु हुने निर्वाचनमा खटिएका अधिकारीहरुलाई उदृत गर्दै बेलायती संचारमाध्यमले जनाएका छन् । प्रायजसो सिटको नतिजा आजै रातिसम्म आउने र भोलि अपराह्नसम्म पूरै नतिजा आउने सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);