आज ५६ औं नर्सिङ दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आज ५६ औं नर्सिङ दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैं

nurse

काठमाडौं, १५ माघ । आज ५६ औं नेपाल नर्सिङ दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि स २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आएको छ । अहिलेको अबस्थामा नर्सिङ क्षेत्रमा व्याप्त कमजोरीहरु भने अझै चुनौतिकै रुपमा रहेका छन् । नेपालमा वर्षेनी उत्पादन हुने नर्स र तिनको व्यवस्थापन भने अर्को चुनौति बनिरहेको छ ।

उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियरका रुपमा नैं लामो समय काम गर्न बाध्य छन् । जसले नर्सहरुको पेशागत सुरक्षामा प्रश्न खडा गरिरहेको छ । वर्षेनी नर्सको उत्पादन हुँदै आएपनि रोजगारीको अवसर नपाउँदा अहिले नर्सहरु धेरै संख्यामा बिदेश पलायन भईरहेका छन ।

बर्षेनी ७ हजार नर्सहरु उत्पादन हुन थालिसकेको अहिलेको अवस्थामा ८० हजार हाराहरीमा नर्सहरु छन । अझै नर्सिङ क्याम्पुको संख्या बढ्नेक्रम जारी छ । सरकारी र गैरसरकारी क्षेत्रबाट यस क्षेत्रको सुधारका लागि भन्दै विभिन्न कदमहरु चालिएका छन् । तरपनि अझै नर्सहरुके पेशागत सुरक्षा अझै सुनिश्चित हुन सकेको छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नसिंङ महासाँखा सुरु गरेपनि केही वर्ष अघि खारेज गरेर चिकित्सा महासाखा अन्तर्गत राखेपछि नर्सहरु थवप अन्यायमा परेको भन्दै गत पुस २८ गतेदेखि नर्सहश्ररु आन्दोलनमा उत्रिएका थिए ।

११ बुंदे मागसहित आन्दोलनमा होमिएका नर्सहरु तीन दिनको कालोपट्टी बाँधेर काम, त्यसपछि एक, दुइ घण्टठा गर्दै पुरै सेवा वहिस्कार गरेपछि मात्र सरकारले वार्तामा बोलाएर सहमतिको आश्वासन दिएको थियो । त्यही कारण उनीहरु आन्दोलन रोकेर काममा फर्किपछि आन्दोलन कायम रहेको बताएका छन् ।

सेवाभाव, सौम्यता र सहनशीलताका प्रतीक नर्सहरु विरामीका लागि अर्को औषधी भनेर चिनिन्छिन् । तर, नर्सहरु बिरामीको सेवा छोडेर छाडेर आन्दोलनमा उत्रिने अवस्थाले नर्सिङ क्षेत्रको अव्यवस्थालाई र सरकारको उनीहरुप्रतिको नीतिलाई एकसाथ उदाङ्गो पारिदिएको छ । संवेदनशील क्षेत्रको जिम्मेवारी सम्हाल्ने नर्सहरुको पेशा जति सुरक्षित हुन्छ, त्यति नैं विरामीको उपचा र स्वास्थ्यक्षेत्रमाथितको विश्वास बढेर जान्छ। त्यसका लागि सेवाक्षेत्रका नर्स र उनीहरुको नीतिगत र व्यवस्थापकीय जिम्मेवारी लिने सरकार तथा निजीक्षेत्र जिम्मेवार हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);