नर्सिङको लाइसेन्स परिक्षामा १९ प्रतिशत पास, ८० प्रतिशत नर्स फेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नर्सिङको लाइसेन्स परिक्षामा १९ प्रतिशत पास, ८० प्रतिशत नर्स फेल

nurse

काठमाडौं, १० मंसिर । नर्सको नाम दर्ता परीक्षा (लाइसेन्स) परीक्षामा ८० प्रतिशत बढी नर्स अनुत्तिर्ण भएका छन् ।

नेपाल नर्सिङ परिषदले ३४औं नर्सको नाम दर्ता परीक्षामा ठुलो संख्यामा नर्सहरु फेल भएका हुन् । शनिबार सम्पन्न स्टार्फ नर्सतर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ अध्ययनको गुणस्तरमा खस्केको अनुमान गर्न निकै सहज बनाइ दिएको छ ।

पीसिएल नर्सिङको परीक्षामा कुल १ हजार २७० जना सहभागी भएका थिए । जसमध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै उत्तिर्ण भएका हुन् ।

बीएस्सी नसिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा धेरै फेल भएका छन् । ४१४ जना परीक्षार्थी मध्ये २०३ जना (४९.३) प्रतिशत मात्र पास भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);