१९ वैशाख २०८१, बुधवार
ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक्स खेलाडीहरू विराटनगर पुगेका छन् ।
कोशी प्रदेशका विभिन्न शहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया लगायतका देशका ओलम्पिक्स खेलाडी विराटनगर पुगेका हुन् । विराटनगर विमानस्थलमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठ जना ओलम्पियन्सलाई स्वागत–सम्मान गर्नुभयो ।
नेपाल ओलम्पिक एशोसिएशनकी सचिव देवु थापाले प्रतिभा प्रश्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन बोर्डको प्रयासको प्रसंशा गनुृभयो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एशोसिएशनको संयोजनमा हुने पुनर्मिलन कार्यक्रममा विदेशीसँगै ६० जना नेपाली ओलम्पियन्स र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दखल राखेका चर्चित खेलाडीलाई सहभागि हुने छन् ।
चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवद्र्धनमा सहयोग पुग्ने अघि बढाइने छ ।
खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बोर्डले जनाएको छ । ०००