जबरजस्ती करणी गरेको अभियोगमा लाक्पा घले पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा लाक्पा घले पक्राउ

rape woman

रसुवा २२ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौकुण्ड गाउँपालिका–१ घर भएका २० वर्षीय लाक्पा घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घलेले ती किशोरीलाई कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार