देश/समाज

देशभर माध्यमिक शिक्षा परीक्षा शुरु

काठमाडौं,१५ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एसईई शुरु भएको हो । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमाहरु एसईई दिन विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको छ ।

८ बजेदेखि शुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ ।

Related Post
Share
Tags: एसईई

This website uses cookies.