धनगढी उप-महानगर प्रमुखकी छोरी सम्पर्कमा आइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

धनगढी उप-महानगर प्रमुखकी छोरी सम्पर्कमा आइन्

काठमाडौं,१४ चैत्र । धनगढी उप महानगरपालिका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती सम्पर्कमा आएकी छिन् । हमालले आरती गोवामा सकुशल अवस्थामा भेटिएको जानकारी दिएका छन् । उनले खोजीमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

उनले लेखेका छन्,‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु ।

खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);