आरती साहका परिवार र सरकारबीच पाँच बुँदे सहमति,अनुसन्धान गर्न सिआईबी टोली खटाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आरती साहका परिवार र सरकारबीच पाँच बुँदे सहमति,अनुसन्धान गर्न सिआईबी टोली खटाउने

काठमाडौं,३० फागुन । जनकपुर उपमहानगरपालिका ९, थापाचोककी २२ वर्षीया आरती साहको मृत्युको घटनाबारे थप अनुसन्धान गरी अदालतमा प्रमाण पेस गर्नेलगायतका विषयमा सरकार र परिवारबीच सहमति भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सरकारी पक्ष र आरती सहका पक्षबीच पाँच बुँदे सहमति भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आरती साहको गत जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले आरतीको आत्महत्या नभई हत्या भएको दाबी गर्दै असार १ देखि आन्दोलनमा उत्रिएको थियो । आरती साहकी आमालगायतका परिवारका सदस्य काठमाडौंमा न्यायको माग गर्दै आन्दोलनमा थिए । प्रहरीले भने घटनालाई आत्महत्याका रुपमा मुद्दा दर्ता गरेर टुंग्याउने प्रक्रियामा लगेको थियो ।

सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपसचिव एकदेव अधिकारी तथा आन्दोलनकारीका तर्फबाट आरती साहकी आमा निर्मलादेवी साह, दाइ प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन् । दुई पक्षबीच स्वर्गीय आरती साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम अदालतमा पेस गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने उल्लेख छ ।

आरती साहका परिवारलाई आर्थिक सहयोग गर्नका लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । यो सहमतिसँगै आरती साहका परिवारले न्यायका लागि गर्दै आएको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);