आरती साहका श्रीमान फेरी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आरती साहका श्रीमान फेरी पक्राउ

काठमाडौं, ९ पुस । जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा उनका पति मोतिबावु दोस्रोपटक जनकपुरबाट पक्राउ परेका छन् । मृतक आरतीका पतिलाई पक्राउ गरेर सर्वोच्च अदालतले थुनामा पठाउन आदेश दिएको हो ।

गत मंसिर २० गते सर्वोच्च अदालतका न्यायाधीशहरु नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले आदेश गरेका हुन् । २०८० साल जेठ ७ गते घरमा आरती मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको माइती पक्षको आरोप छ ।

पीडित पक्षको जाहेरीको आधारमा मोती र उनका बुवा मदनमोहन सुडीलाई पक्राउ गरेर यस अघि नै मुद्दा चलाएपनि उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्ट्याएको थियो ।

आरतीका बुवा,आमा र भाई निरन्तर काठमाडौंमा अनसन बस्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);