ग्यास विक्रेता संघको दशौं साधारण सभा सम्पन्न, ग्यासजन्य वस्तुबाट दुर्घटना बढ्दै गएकोमा चिन्ता व्यक्त | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

ग्यास विक्रेता संघको दशौं साधारण सभा सम्पन्न, ग्यासजन्य वस्तुबाट दुर्घटना बढ्दै गएकोमा चिन्ता व्यक्त

काठमाडौँ,९ पुस । ग्यास विक्रेता संघ काठमाडौँ नेपालको दसौं साधारण सभा २०८० राजधानीमा सम्पन्न भएको छ । शनिबार स्वयम्भुस्थित ठूलो भर्‍याङमा संघको साधारण सभा सम्पन्न भएको हो । नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम ग्यास विक्रेता संघ काठमाडौँका अध्यक्ष शेषकान्त भण्डारी सभापतित्वमा सम्पन्न भएको थियो ।

नागार्जुन नगरपालिकाका बस्नेतले कार्यक्रमको उद्घाटन गरेका थिए । स्वागत मन्तब्यका क्रममा ग्यास विक्रेता संघ काठमाडौँका वरिष्ठ उपाध्यक्ष ओमकार बोहराले ग्यासजन्य वस्तुमा गुणस्तरको कमीले गर्दा दुर्घटना भईरहेको कुरामा ध्यानाकषर्ण गराए । ‘दैनिकजसो दुर्घटनाका खबरहरु आईरहन्छन् । ग्यासजन्य वस्तु, रेगुलेटर र पाइपको गुणस्तरको कमीका कारण दुर्घटना बढिरहेका छन् ।’ बोहराले भने, ‘उपभोक्ताले गुणस्तरी पाईप र रेगुलेटरको प्रयोग अत्यावश्यक छ ।’ उनले ग्यास विक्रेताहरुका समस्यामा जोड दिए । व्यवसायीहरुले न्युन कमिसनका कारण यो पेशाबाटै पलायन भएकोमा दुखेसो पोखे । ग्यास उद्योग र विक्रेताहरु मिलेर समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै ग्यास विक्रेता महासंघ, नेपालका सल्लाहकार सदस्य अर्जुन खत्रीले ग्यास व्यवसायीहरुले अफ्ठ्यारो अवस्थामा पनि व्यवसाय गर्नु परिरहेको दुखेसो पोखे । महासंघले आफ्नै खर्चमा उपभोक्ता जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको र भावि दिनमा बिभिन्न जिल्लाहरुमा यस्ता कार्यक्रम आयोजना गर्ने कुरामा जोड दिए । कतिपय व्यवसायीहरु न्युन कमिसनकै कारण ग्यास व्यवसाय पेशाबाटै पलायन हुनु दुखद अवस्था निम्तिएको बताए ।

ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलालले डिलर प्रमाणिकरणको विषयमा शसक्त रुपमा आवाज उठाए । पछिल्ला दिनमा पान पसल, मेडिकल र किराना पसलहरुले समेत ग्यास विक्रि वितरण गरिरहेको तर उनीहरूले सुरक्षा संवेदनसिलताका बारेमा पटक्कै ध्यान नदिएको कुरामा सजग गराए । ‘महासंघले चाँडै नै डिलर प्रमाणिकरण र ग्यासजन्य वस्तुबाट हुने दुर्घटनामा कमी ल्याउन जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछौं ।’ दुलालले थपे, ‘बिभिन्न जिल्लाका स्थानिय तहहरूले सहयोग र समन्वय गर्दा देशैभरी कार्यक्रम गर्नेछौं ।’

काठमाडौँ जिल्ला संघका अध्यक्ष शेषकान्त भण्डारीले डिलर दिदाखेरी तालिमको व्यवस्था हुनुपर्नेमा कुरामा जोड दिए । उपभोक्ताहरुले कस्तो सिलिन्डर प्रयोग गर्ने, सिलिन्डर कस्तो छ ? त्यसमा लेखिएको मिति जस्ता कुरामा ध्यान दिनुपर्ने बताए । नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले ग्यास व्यवसायीहरूका मागलाई सम्बोधन गर्ने बताए । ग्यासजन्य कुराले दुर्घटना बढिरहेको कुरामा चिन्तित हँुदै उनले यससम्बन्धि सचेतनाका कार्यक्रमहरुमा नगरपालिकाले हरेक हिसाबले साथ दिने बताए । ‘ग्यासजन्य कुराले दुर्घटना निम्त्याईरहेको हामी चिन्तित छौं ।’ उनले भने ‘नागार्जुन नगरपालिकाले सचेतनाका कार्यक्रमहरूमा हामी सक्रियतापुर्वक भाग लिनेछौं । सहयोग गर्नेछौं ।’

नागार्जुन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामेश्वर लामा, नेपाल एलपिजि ग्यासका गोकुल भण्डारी, नेपाल आयल निगमका जगदिश चन्द्र अर्यालले आ—आफ्नो मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा विशेष अतिथि नेपाल एल।पि।जि उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारी, नेपाल ग्यास व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलाल, बिशेष अतिथि नेपाल आयल निगमका तर्फबाट जगदिश चन्द्र यादब, नागार्जुन नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामेश्वर लामा, ग्यास विक्रेता महासंघका सल्लाहकार सदस्य अर्जुन खत्री, ग्यास विक्रेता महासंघका उपाध्यक्ष रामप्रसाद ज्ञवाली, ग्यास विक्रेता महासंघका उपाध्यक्ष गेहेन्द्र प्रसाद रिजाल, ग्यास विक्रेता महासंघका सह—कोषाध्यक्ष राधिका महर्जन, ग्यास विक्रेता महासंघका केन्द्रीय सदस्य प्रकाश तिवारी, कृष्णराज खतिवडा, रामशरण पुडासैनी, श्रीहरी ढकाल, पुष्पा न्यौपाने, यस्तै अतिथिका रुपमा बाग्मति प्रदेश कमिटिका प्रथम उपाध्यक्ष शान्त प्रसाद श्रेष्ठको उपस्थिीति रहेको थियो ।

उक्त कार्यक्रमको दोस्रो सेसनमा ग्यास विक्रेता संघ नेपालका कोषाध्यक्ष सन्तोष वाग्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्यता लिने बिभिन्न व्यक्तिहरुलाई सो कार्यक्रममा सम्मानपत्र वितरण गरिएको थियो ।

Leave a Reply

ताजा समाचार