छात्रालाई बलात्कार गरेको आरोपमा काभ्रेका शिक्षक र प्रधानध्यापक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

छात्रालाई बलात्कार गरेको आरोपमा काभ्रेका शिक्षक र प्रधानध्यापक पक्राउ

rape kishori

काठमाडौं,९ पुस । काभ्रेमा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानध्यापकसहित २ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानध्यापक गणेशमान गुरुङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले विज्ञान विषय पढाउँदै आएका थिए ।

कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरुले घटनाबारे जानकारी पाएका थिए । साथीहरुले नै आइतबार नगरपालिकालाई खबर गरेका हुन् ।

आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरुले घटनाबारे बुझेर प्रधानध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएको बुझिएको छ । विज्ञान शिक्षक श्रेष्ठले छात्रालाई दशैं तिहारको बीचको बिदामा फकाएर बनेपा लगेर बलात्कार गरेको खुलासा भएको छ ।

विद्यालयका प्रधानध्यापकसहित अन्य शिक्षकहरुले ति बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको देखिएको समेत स्थानीय जनप्रतिनिधिहरुले बताएको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);