आरती साहको आफन्तले माइतीघरमै गरे कपाल मुण्डन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आरती साहको आफन्तले माइतीघरमै गरे कपाल मुण्डन

काठमाडौं, २२ भदौ । स्व.आरती साहको परिवारले न्याय माग्दै कपाल मुण्डल गरेका छन् । साहको न्यायको लागि माइतीघर मण्डलामा धर्ना बस्दै आएका आफन्तले कपाल मुन्डन गरेका हुन् ।

आरतीको न्यायको ८५ दिनदेखि आफन्तहरु धर्ना बस्दै आएका छन् तर अहिलेसम्म उनीहरुले मागेको न्याय पाउन सकेका छैनन् । कपाल खौरेर न्याय मरिसकेको सन्देश दिन खोजेको उनीहरुको भनाइ छ । आरतीका दाजु, बुवा र अन्य दाजुुभाईहरुले कपाल खौरिएका हुन् ।

उनीहरुले केही दिन अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेका थिए । उनीहरुलाई श्रेष्ठले न्याय दिन भन्दा पनि धर्ना छाड्नका लागि आग्रह गरेको आफन्तको भनाइ छ ।

२२ वर्षीया आरती साहको गत जेठ ७ गते पतिको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । माइती पक्षले भने घर पक्षले मारेको आरोप लगाइरहेको छ । निष्पक्ष छानबिनको माग गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);