राष्ट्रिय सभा अध्यक्षका लागि २ उम्मेदवारहरुको मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय सभा अध्यक्षका लागि २ उम्मेदवारहरुको मनोनयन दर्ता

काठमाडौं,२८ फागुन । राष्ट्रिय सभा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा गर्न सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारहरुको मनानयन दर्ता भएको छ । सोमबार सत्तारुढ गठबन्धनका तर्फबाट नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षीका तर्फबाट युवराज शर्माको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्तापछि सत्तारुढ गठबन्धनका नारायणप्रसाद दाहालले निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि पार्टीगत
रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्न मानसिक रुपमा तयार भएको बताउनु भयो ।

उहाँले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पु¥याउन भुमिका हुने उल्लेख गर्नुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि भन्दै दाहालले बनाउनुपर्ने कानूनहरुमा ध्यान दिइने बताउनु भयो ।

दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीको प्रश्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा(एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);