ने.बि.संघ सिटौला समुहको भेला,विधानतः महाधिवेशनको पक्षमा दृढता | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

ने.बि.संघ सिटौला समुहको भेला,विधानतः महाधिवेशनको पक्षमा दृढता

काठमाडौं,१५ फागुन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको ‘प्रथम बैठक तथा सम्मान कार्यक्रम’ ५ फागुनमा बोलाइएको छ । तदर्थ समिति विस्तार भएको ६ महिनापछि बस्न लागेको वैठकमा पार्टीका तर्फबाट कृष्ण सिटौलाले नेतृत्व गरेका ‘महाधिबेशन पक्षधर बैचारिक समुह’का विद्यार्थी नेताहरुले वैठकमा सहभागी जनाउँदै आफ्नो समूहको तर्फ बाट विधानतः समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने एजेण्डामा केन्द्रित रहने निर्णय गरेका छन् ।

आज वैचारिक विमर्शका निमित्त स्थापित चक्रपथ स्थित टक सेन्टरमा नेप्ली कांग्रेसका रेन्द्रीय सदस्य कुन्दनराज काफ्ले, संघका पुर्व महामन्त्री बलदेव तिमल्सिना लगाएत नेताहरुको उपस्थित्मा आयोजित रणनीतिक छलफलमा बोल्दै विद्यार्थी नेताहरुले कुनै पनि बाहानामा महाधिवेशन रोक्नु नहुने निष्कर्ष निकालेका छन् । लामो समय देखि अधिवेशन नहुँदा नेविसंघ प्रति आकर्षण घट्दो छ, हिजो व्यवस्था नै परिवर्तनका निमित्त अग्रमोर्चामा रहने विद्यार्थी संगठनको अधिवेशन समयमै नहुँदा विद्यार्थी आन्दोलनलाई नै गहिरो धक्का महसुस भइरहेको छ । तसर्थ कुनैपनि बाहानामा महाधिवेशन रोकिनुहुन्न । वैठक सकिएको भोलिपल्टै बाट महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्छ ।

भन्दै नेविसंघका केन्द्रिय सदस्य महेश्वर पौडेलले आफ्ना विचारहरू राखे । त्यस्तै अर्का केन्द्रिय सदस्य शंकर ढकालले पनि ‘सबै विद्यार्थीहरूको प्रतिनिधित्व हुने गरी विधान संशोधन गर्दै त्यसलाई कार्यान्वयनमा लानुपर्ने कुरामा जोड दिएका दिए । २५ भन्दा बढी केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको उक्त छलफलमा नेविसंघले आफ्नो मूल अस्तित्वलाई गइरहेकाले अबको विद्यार्थी आन्दोलन शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने भन्दै नेता निराजन शाहीले आफ्ना अभिव्यक्ति राखेका थिए ।

त्यस्तै, समग्र देशको शैक्षिक अवस्था एवं मधेशको शैक्षिक समस्याका विषयमा केन्द्रित भएर केन्द्रिय सदस्य आशुतोष झाले आफ्ना भनाइहरु राखेका थिए ।उक्त छलफलमा केन्द्रिय सदस्यहरु विकास भण्डारी, सुशान्त तामाङ, लक्ष्मी बोगटी, सुबिन पराजुली, रोशन पराजुली अनामिका बस्नेत, सुरज दाहाल ,शिव चौधरी लगाएतका नेताहरुले आफ्ना विचारहरू राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);