सरकारले रुकुमपूर्वको सदरमुकाम सार्ने निर्णय गरेको भन्दै स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकारले रुकुमपूर्वको सदरमुकाम सार्ने निर्णय गरेको भन्दै स्थानीय आन्दोलित

रुकुमपूर्व, १२ माघ । सरकारले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट गोलखाडामा सार्ने निर्णय गरेको भन्दै रुकुमेकोटका स्थानीय आन्दोलित भएका छन् ।

सरकारले सदरमुकाम सार्ने निर्णय गरेलगत्तै आन्दोलनमा उत्रीएका स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सदरमुकाम रुकुमकोटमै राख्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै केहि सरकारी कार्यालयमा ताला समेत लगाएका छन् ।

सदरमुकाम सार्ने निर्णयको विरोधमा जिल्लाका कांग्रेस राप्रपाका नेता कार्यकर्ताले राजिनामा समेत दिएका छन् । बिहिवार बसेको मन्त्रीपरिष बैठकले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट गोलखाडामा सार्ने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);