खोटाङमा वित्तीय साक्षरता कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खोटाङमा वित्तीय साक्षरता कार्यक्रम सुरु

काठमाडौं , १२ माघ । खोटाङस्थित दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाका प्रमुख दिपनारायण रिजालले नगरपालिका अन्तर्गतका सबै वडाहरुलाई वित्तीय पहुँचमा पुर्याउने उद्देश्यले कार्यक्रम संचालन गरिएको जानकारी दिए । शुक्रबार काठमाडौंमा आयोजित ‘सुरक्षित बैदेशिक रोजगारीका लागि स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रियामा उनले नगरपालिकाले रेमिटयान्सबाट भित्रिएको रकमलाई उत्पादनमूलक कार्यमा लगानी गर्ने योजना पनि तय गरेको बताए ।

रिजालले नगरपालिकामा हुने आर्थिक कारोबारलाई बैंकिङ च्यानलमार्फत गराउन पनि वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);