रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन

rukum purwa

रुकुम, २३ माघ ।  कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो ।

सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुसी धेरै दिन टिकेन । सरकारले चलिरहेको अस्थायी सदरमुकाम रुकुमकोटबाट गोलखाड सार्न मन्त्रिपरिषद्बाट निर्णय गराए पनि न त्यँहा कुनै संरचना थिए न सरकारी कार्यालय नै तत्काल त्यहाँ जान माने । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । बरु, रुकुमकोटमा चर्को असन्तुष्टि देखियो ।

सर्वोच्च अदालतले गोलखाडा सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेपछि केही समय मत्थर भएको सदरमुकाम विवाद अहिले पुनः बल्झेको छ । यसअघिका आन्दोलनहरु रुकुमकोटको पक्षमा बढी केन्द्रित हुने गरे पनि अहिले भने गोलखाडा पक्षधरहरु पनि रुकुमकोटवासीजत्तिकै सशक्त देखिएका छन् ।

उनीहरु गोलखाडाको प्रदर्शनसँगै रुकुमकोटतर्फ अघि बढेका छन्, सम्भवतः बुधवारसम्म रुकुमकोटनजिक पुग्नेछन् ।

मंगलबारको गोलखाडाको दृश्य निकै फरक थियो । ‘सोमबार साँझदेखि नै झोला र लठ्ठीसहित गाउँगाउँबाट स्थानीयवासी आउन थालिसकेका थिए ।’ स्थानीय जयमान बुढाले भन्नुभयो, ‘मंगलबार बिहानसम्म विगतको युद्धकालकै झल्को दिने गरी समूहसमूहमा भेला भएर प्रर्दशन थालिएको थियो ।’ उनीहरु प्रर्दशनपछि रुकुमकोटतर्फ हिँडेका छन् , झण्डै पाँच हजारको संख्या रहेका सुदुर रुकुमपूर्वका बासिन्दा लामबद्ध भएर युद्धकालकै छापामारको शैलीमा हिँडेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);