केन्द्र सार्ने निर्णयविरुद्ध आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

केन्द्र सार्ने निर्णयविरुद्ध आन्दोलन

gaupalika

अछाम,१२ माघ । अछामको रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगरबाट गैरीखेत सार्ने निर्णय बिरुद्ध मुजाबगरका स्थानीय बुधबारबाट आन्दोलित भएका छन् ।हाल अस्थायी रूपमा केन्द्र कायम रहेको रामारोशन गाउँपालिका–३ शान्तडास्थित मुजाबगरबाट सोही वडाको गैरीखेत भन्ने ठाउँमा केन्द्र कायम गर्ने बिषयमा गाउँसभाले गरेको निर्णयका बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका हुन्।

आइतबार र सोमबार दुई दिनसम्म चलेको गाउँसभाले गाउँपालिकाको केन्द्र मुजाबगरबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको गैरीखेत भन्ने ठाउँमा कायम गर्ने निर्णय गरेको थियो । गाउँसभाको उक्त निर्णयका बिरुद्ध मुजाबगरका व्यापारीले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । तालबन्दीसँगै स्थानीयले बिहीबारदेखि बजार यातायातसमेत बन्द गराएका छन्।

गाउँपालिकाको केन्द्र मुजाबगर राख्ने कि गैरीखेतमा राख्ने भन्ने विषयमा गाउँसभामा सहमति हुन नसक्दा मतदान प्रक्रियाबाट केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । गाउँसभाको अध्यक्षबाहेक ३५ सदस्यमध्ये मतदानका क्रममा गैरीखेतका पक्षमा २० मत र मुजाबगरका पक्षमा १५ मत खसेको थियो । सर्वदलीय सर्वपक्षीय बैठकमा केन्द्रका विषयमा सहमति हुन नसकेपछि दुई दिनसम्म चलेको गाँउसभामासमेत सहमति जुट्न सकेन । सबै दलहरूले मतदान प्रक्रियाबाट जुन निर्णय हुन्छ त्यो मान्ने भने पनि मुजाबगरका स्थानीयले आफ्नो पक्षमा परिणाम नआउँदा आन्दोलन गरेको उपाध्यक्ष रावलले बताइन्।

मुजागरका स्थानीयले भने गाउँसभामा भएको मतदान प्रक्रिया नै गलत भएको आरोप लगाएका छन् । स्थानीय गणेश रावलले स्थानीय तह संचालन निर्देशिकामा छ महिनाभित्र भए सामान्य बहुमत र त्यसपछि भने दुई तिहाई बहुमतले मात्र केन्द्र सार्नसक्ने व्यवस्था भएपनि सामान्य बहुमतका आधारमा केन्द्र सार्ने निर्णय गरेकोले आन्दोलन गरेको बताए । गाउँपालिकाका केहि कार्यालय मुजाबगर र केही कार्यालय गैरीखेत राख्ने विषयमा छलफल चले पनि त्यसबारेमा समेत सहमति हुन नसकेको बताइएको छ।

रामारोशन गाउँपालिकाले यसअघि नै गाउँपालिकाको लागि चाहिने न्यूनतम ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनका लागि सूचना जारी गरेको थियो । गैरीखेतमा स्थानीयले करिव ४० रोपनी जग्गा निःशुल्क दिने गत भदौमै घोषणा गरेको गाउँपालिकाका अध्यक्ष झंकर साउदले जानकारी दिए । अध्यक्ष साउदले कुल सातवटा वडा रहेको गाउँपालिकामा भौगोलिकरूपमा र जनसंख्याका हिसाबले मुजाबगरभन्दा गैरीखेत निकै उपयुक्त रहेको दाबी गरे ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);