बैठकमै प्रमुखले कुटे उपप्रमुख | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बैठकमै प्रमुखले कुटे उपप्रमुख

केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ ।

fight

दोलखा, २५ फागुन । केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ ।

बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् ।
आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् ।

कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो । गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो ।

गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक फरक मत आएको थियो । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);