एन्फाको बैठकमा पदाधिकारीबीच चर्काचर्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एन्फाको बैठकमा पदाधिकारीबीच चर्काचर्की

काठमाडौं, १७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यकारिणी समितिको जारी बैठकमा दुई पक्षबीच चर्काचर्की परेको छ । संस्थापन र असन्तृष्ट पक्षबीच विवाद बढ्दै जाँदा झण्डै हात हालाहालको अवस्थामा पुगेको स्रोतले जनाएको छ । महासचिव र कोषाध्यक्षको बर्खास्तीको विषयलाई अध्यक्ष पंकजविक्रम नेम्वाङले बैठकको एजेण्डा नबनाएपछि विवाद सुरु भएको थियो ।

नेम्वाङको चित्त बुझ्दो जवाफ नआएपछि असन्तुष्ट पक्ष आक्रोसित भएका थिए । सो विषयमा उपाध्यक्ष द्धय दीर्घबहादुर केसी र दावा लामाबीच भनाभन भएको जनाइएको छ । बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी छ । बैठकले शुक्रवारबाट शुरु हुने ए डिभिजन लिगसहित अन्य फुटबलका गतिविधिका बारेमा छलफल गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);