कंगोबाट फर्काइएका नेपाली फौज सुडानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कंगोबाट फर्काइएका नेपाली फौज सुडानमा

nepal army santi sena

काठमाडौं, २५ फागुन । संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेको भन्दै तीन महिना नबित्दै अफ्रिकी मुलुक कंगोबाट फर्काइएका एक सय ५० जना शान्ति सैनिकलाई नेपाली सेनाले शान्ति स्थापनार्थ दक्षिणी सुडान पठाउने भएको छ ।

एक वर्षका लागि गत असार अन्तिम साता अफ्रिकी मुलुक कंगो गएकामध्ये एक सय ५० जनालाई तीन महिना नबित्दै राष्ट्रसंघले असोज २३ गते नेपाल फर्काएको थियो ।  सेनाले राष्ट्रसंघले बजेट कटौती गरेपछि फौज फिर्ता भएको दाबी गरे पनि फर्किएर आएकाले भने राष्ट्रसंघसँग उचित समन्वय अभावमा फिर्ता हुनुपरेको गुनासो गरेका थिए ।

त्यसबेला सेनाले फर्किएकाहरूलाई छिट्टै अर्को मिसनमा पठाउने आश्वासन दिएको थियो । सोहीबमोजिम सैनिक नेतृत्वले कंगोबाट फर्किएकालाई पहिलो प्राथामिकता दिएर दक्षिणी सुडानमा पठाउन लागेको हो ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कंगोबाट फर्किएको फौजलाई दक्षिणी सुडान पठाउन लागिएको बताए । कंगोबाट फर्काइएका एक सय ५० जनालाई मुख्यालयले सकेसम्म छिटो सुडान, कार, लेबनान वा मालीलगायत मिसनमा पठाउने आश्वासन दिएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);