महरा सभामुख ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

काठमाडौं, २५ फागुन । माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ ।
एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो । यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन । शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन् ।

नेताहरूसँग अनौपचारिक छलफलक्रममा दाहालले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाइसकेको खुमलटार स्रोतले बतायो । सभामुखमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई जिम्मेवारी दिन एमालेले माओवादीसँग अन्तिमसम्म पनि छलफल गरेको थियो । बिहीबार साँझ पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा नेम्बाङको व्यवस्थापनको विषयलाई लिएर छलफल भएको थियो । छलफलमा सभामुख माओवादीलाई नै दिन ओली तयार भएको बताइएको छ ।

माओवादीभित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी छन्। तर, अध्यक्ष दाहालले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (दल) लगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सार्न लागेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);