चलचित्रलाई आर्थिक विकासको उद्योगका रुपमा अघि बढाउनुपर्ने मन्त्री किराँतीको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

चलचित्रलाई आर्थिक विकासको उद्योगका रुपमा अघि बढाउनुपर्ने मन्त्री किराँतीको भनाइ

काठमाडौं,१० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र पुस्तक र पत्रपत्रिका भन्दा पनि शक्तिशाली रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा चलचित्रको प्रिमियर शो हेरिसकेपछि सिनेपत्रकारहरुसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली फिल्मले विदेशी बजारमा पहुँच राख्नु आफैँमा राम्रो भएको बताउनु भयो । उहाँले गोरखाको कुरा पुरुषको मात्रै आउने भन्दै त्यो बेलामा महिललो घरमा बस्दा भोग्नुपरेका कुरालाई पनि चलचित्रमा उतार्न सक्नुपर्ने बताउनु भयो । उहाँले गोरखा भर्ती नेपालीको रोजाई नभइ बाध्यता भएको बताउनु भयो । उहाँले संसारको सबैभन्दा नरम कुटनीतिको रुपमा चलचित्र स्थापित हुँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली फिल्मले विदेशी बजारमा पहुँच राख्न थालेको छ । यो एकदमै राम्रो कुरा हो । गोरखाको कुरा गर्दा पुरुषको मात्रै कथा आउँछ, घरमा विधवा भएका महिलाको कथा कम हुन्छ, यसमा पनि फिल्म आउनुपर्छ । गोरखा भर्ती हाम्रो रोजाई थिएन । तर पनि स्वीकार्नै पर्छ, त्यो स्टेजमा हामी छौँ । यस्तै चलचित्रबाट उजागर गर्नुपर्छ । चलचित्र पुस्तक र पत्रपत्रिका भन्दा पनि शक्तिशाली हो । संसारको नरम कुटनीतिको रुपमा स्थापित हुँदैछ । गोरखाली पुस्ताले देखाएको वीरतालाई देश बनाउने अभियानमा बदल्नुपर्छ । चलचित्र समाजको ऐना हो, हिजो आज र भोलिको समाजको ऐनालाई देखाउने गर्दछ । आर्थिक विकासको उद्योगका रुपमा पनि अघि बढाउनुपर्छ ।’ मन्त्री किराँतीले चलचित्र समाजको ऐना भएको बताउनु भयो । उहााले चलचित्रलाई आर्थिक विकासको उद्योगका रुपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);