ओलीले भने–'गोरखा वारियर'ले वीर गोरखालीहरुको जिउँदो इतिहास देखाएको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ओलीले भने–’गोरखा वारियर’ले वीर गोरखालीहरुको जिउँदो इतिहास देखाएको छ

काठमाडौं,१० फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र गोरखा वारियर फरक फरक भाषामा बिस्तारित गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा चलचित्रको प्रिमियर शो हेरिसकेपछि सिनेपत्रकारहरुसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र गोरखा वारियर नेपालीहरुको इतिहासको एउटा कालखण्डलाई प्रभावकारी ढंगले बनाइएको बताउनु भयो । उहाँले नेपालीको बहादुरी गाथालाई चलचित्रमा प्रश्तुत गरिएको बताउनु भयो । उहाँले चलचित्रसँगै चलचित्रमा अभिनय गर्ने कलाकारहरुको अभिनय जीवन्त रहेको बताउनु भयो । उहाँले विभिन्न भाषामा चलचित्र प्रश्तुत गर्दा विश्वबजारमा आफैँ गोरखा वारियरले बजार बिस्तार र प्रतिष्पर्धा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नेपालीहरुको इतिहासको एउटा कालखण्डलाई एउटा पाटोलाई अत्यन्तै प्रभावकारी ढंगले प्रश्तुत गरिएको छ । हाम्रो बहादुरी जसले हामीलाई गोरखाको रुपमा चिनायो । साथै मानवीयताको पक्षमा, भावनाका पक्ष, मानवीय समवेदनका पक्ष, परिवार सम्झिरहने, त्यो पक्षहरु साथै अरु पक्षहरु सुन्दर ढंगबाट प्रश्तुत गरिएको छ । कथा सुन्दर छ । कलाकारहरुको अभिनय जीवन्त जस्तै छ । यसलाई अभिनय भन्न मिल्दैन । नेपाली फिल्महरुमा यति अभिनयलाई सजीव बनाइएको कमै छ । यो सिनेमालाई अरु भाषाहरुमा पनि नविकरण गरेर लैजाँदा विश्वव्यापी रुपमा आफ्नो बजार बिस्तार आफैँ गर्दछ ।’

फिल्म हेरिसकेपछि बोल्दै नेकपा एमालेका नेता शेरधन राईले चलचित्र गोरखा वारियरले तवमा नेपालको परिचय थपेको महशुस गरेको बताउनु भयो । उहाँले नेपालको गाथा चिनाउन र भन्नसक्ने फिल्म बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘फिल्म हेरिसकेपछि वास्तवमा नेपालको परिचय थपिएको मैले महशुस गरेको छु । वीर गोरखालीहरुको जिउँदो इतिहास यो फिल्मले देखाएको छ । नेपालको गाथा चिनाउन र भन्नसक्ने फिल्म बनेको रहेछ । यो फिल्म नेपालको इतिहासमा उत्कृष्ट सावित हुनेछ ।’ नेता राईले फिल्म नेपालको इतिहासमा उत्कृष्ट सावित हुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);