सम्पत्ति सुद्धिकरणसम्बन्धि तेस्रो वार्षिक शिखर सम्मेलन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

सम्पत्ति सुद्धिकरणसम्बन्धि तेस्रो वार्षिक शिखर सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, ११ माघ । सम्पत्ति सुद्धिकरणसम्बन्धि तेस्रो वार्षिक शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

आतंकवादी लगानी नेपालमा भित्रन नदिने उद्देश्यका साथ काठमाडौंमा सम्पत्ति सुद्धिकरण सम्बन्धि तेस्रो वार्षिक शिखर सम्मेलन सुरु भएको हो । आतंकवादी लगानीबाट नेपाललाई बचाउन देशभरका बैंक तथा वित्तिय संस्थाहरुको उपस्थितिमा सम्मेलन आयोजना गरिएको नेशनल बैकिङ इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले जानकारी दिए ।

सम्मेलनमा सम्पत्ति सुद्धिकरणका बारेमासमेत विस्तृत जानकारी दिन अन्तर्राष्ट्रिय विज्ञहरु पनि सहभागी भएका छन । सम्मेलनमा नेपाल सरकारका सुरक्षा निकायका अधिकारीहरु पनि सहभागी छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);