अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैनः मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैनः मन्त्री बस्नेत

काठमाडौं, १५ माघ ||
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताउनुभएको छ । सोमवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताउनु भयो । उहाँले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले देशमा कामै नपाउने अवस्था रहेको बताउनु भयो । उहाँले दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताउनु भयो । मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमीक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताउनु भयो ।

Leave a Reply