तरलता अभाव : बज्न थाल्यो खतराको घन्टी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

तरलता अभाव : बज्न थाल्यो खतराको घन्टी

nepal rastra bank

काठमाडौं, ११ माघ । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात सीसीडी रेसियो ७९.९ प्रतिशत पुगेको बताएका छन्।वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ। बैंकहरूको ध्यान निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले पनि यस्तो अवस्था आएको हो।

‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा माथि पुग्न लागेको छु, उनले भने ‘ राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बढी कर्जा प्रवाह गर्दा कतिपय बैंकलाई कारबाही गर्नु पर्ने अवस्था आएको छ।राष्ट्र बैंकले कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।