राष्ट्र बैंकले सीसीडी रेसियोको दैनिक अनुगमन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्र बैंकले सीसीडी रेसियोको दैनिक अनुगमन गर्ने

nepal rastra bank

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) को दैनिक रुपमा अनुमगन गर्ने भएको छ । केन्द्रीय बैंकले निर्देशिका जारी गर्दै मासिक औसत आधारमा सीसीडी रेसियो अनुपात नाघेमा कारबाही गर्ने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्म प्रत्येक कार्य्दिन अनुगमन गर्ने र यसरी अनुगमन गर्दा अनुपात नाघेमा जरिवाना गराइनेछ । २०७५ असोज मसान्त पश्चात आर्थिक वर्षको कुनै समयमा औसत ब्याजदर अन्तर ५५ भन्दा बढी भएमा पनि कारवाही गरिने राष्ट्र बैंकले जनाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा यो नियम लागू हुनेछ ।

सीमा नाघेमा कारबाही स्वरुप वाणिज्य बैंकको शाखा कार्यालय नभएका स्थानीय तह बाहेकका स्थानमा शाखा विस्तार गर्न रोक लगाइनेछ । यस्तै, भूकम्प पीडितलाई प्रदान गरिने बाहेकका पुनर्कर्जा सुविधा प्रदान गरिने छैन भने नगद लाभांश वितरणमा समेत रोक लगाइनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);