त्रिशुलीमा खसेको जिप गोताखोरको टोलीले फेला पार्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

त्रिशुलीमा खसेको जिप गोताखोरको टोलीले फेला पार्यो

काठमाडौं,२ माघ । त्रिशुली नदीमा खसेको भारतीय नम्बरको जिप फेला परेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा आज बिहान सो जिप खसेको हो । गाडी खसेको सुचना पाएपछि गोताखोरको टोलीले डुंगासहित नदीमा प्रवेश गरेर खोजि सुरु गरेको थियो । जिप सडकबाट ८५ मिटर तल खसेको बुझिएको छ ।

जिपमा कति जना थिए भन्ने भने अझै केही खुल्न सकेको छैन् । स्थानीयले सवा ५ बजेतिर त्रिशुली नदीमा गाडी खसेको खबर मुग्लिन प्रहरीलाई खबर गरेका थिए । File Photo

Leave a Reply