नवलपरासी,१० माघ । सुनवल नगरपालिकामा हिल पार्क बनाउन सुरु गरिएको छ । नगरको वातावरण स्वच्छ सफा र आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्यटन शैलीमा हिलपार्क बनाउन लागिएको हो ।
हिलपार्कमा भ्युटावर, गार्डेन, फुलबारी, चिडिया घर, बाल उद्यान, पिक्नीक स्पट बनाउने नगरपालिकाले जनाएको छ । हिलपार्क निर्माणका लागि नगरपालिका डिपीआरको तयारीमा जुटेको छ । पहिलो चरणमा बाटो बनाउने काम भइरहेको छ ।