ईपीएस परीक्षाको आवेदन फारम भर्ने म्याद २ दिन थपियो | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

ईपीएस परीक्षाको आवेदन फारम भर्ने म्याद २ दिन थपियो

EPS-korea-stimnews

काठमाडौँ, १८ पुस । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरेको छ । कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो ।

विभागका अनुसार कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको हो ।

आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरेको विभागले जनाएको छ। उच्च अदालतले इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);