अद्वितीय एवं अप्रतिम किसुनजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अद्वितीय एवं अप्रतिम किसुनजी

कृष्णप्रसाद भट्टराई । यो नाम सुन्नेबित्तिकै उहाँलाई चिन्ने नचिन्ने सबैको दिमागमा सुराही, छाता र ट्यांका आउँछ र अनायासै निस्कन्छ– सन्तनेता । सँगसँगै उहाँका कैयन् विनोदी कथनहरू, द्विअर्थी भनाइहरू र बेलामौकामा त सनकपूर्ण व्यवहार’दयगत समेत भुक्तभोगी जानकारहरू बताउने गर्छन् । भनिन्छ, राजा वीरेन्द्रले नवनियुक्त प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आफ्नी महारानी ऐश्वर्यलाई चिनाउँदै भनेछन्, ‘उहाँ हाम्रो नयाँ प्रधानमन्त्री । उहाँ अझै कुमार हुनुहुन्छ ।’ सम्भवतः यो वाक्यांश अंग्रेजीमा भनिएको थियो । किसुनजीले तत्कालै जवाफ फर्काउनुभएछ, ‘सरकार १ म अविवाहित मात्र हुँ, कुमार होइन १’ किसुनजीको यो हाजिरजवाफीले भरिएको कथन सुनेपछि राजदम्पति र त्यहाँ उपस्थित युवराजसमेत अकमकाएका थिए रे १ एकक्षणको हाँसोपछि मात्र परिस्थिति सामान्य भएको बताइन्छ । किसुनजीले ठ्याक्कै यस्तै वाक्यांश राजदम्पतिका सामु बोल्नुभयो वा भएन निक्र्यौल गर्न सकिन्न । तर, त्यसबेला कांग्रेसी वृत्तमा यो कुरो एकअर्कालाई स्वाद लिँदै सुनाइन्थ्यो । यस्तै, हुनुहुन्थ्यो किसुनजी १

२०४७ सालको सुरुवातमै गणेशमान सिंहको सिफारिसमा किसुनजी प्रधानमन्त्री नियुक्त हुनुभयो । अन्तरिम भनिएको त्यो सरकार वास्तवमा अत्यन्तै शक्तिशाली एवं अधिकारसम्पन्न थियो । त्यो सरकारलाई संसद्को समेत अधिकार प्राप्त थियो । छोटो समयमा संवैधानिक राजतन्त्रात्मक संविधान निर्माण गर्ने अभिभारा पाएको थियो त्यो सरकारले । सरकारप्रमुख किसुनजी र राज्यप्रमुख राजा वीरेन्द्रबीच नियमित साप्ताहिक वा त्यस्तै अन्तरालमा भेटघाट त स्वाभाविकै भयो । किसुनजीको त्यो सरकारको प्रारम्भिक दिन त अत्यन्तै चुनौतीपूर्ण थियो । संक्रमणको त्यो घडी विषम थियो । त्यसकारण राजा र प्रधानमन्त्रीबीच छलफल र भेटघाट अलि बाक्लै पनि थियो होला । परिस्थिति अलि संगलिएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अनौपचारिक भेटघाटका लागि दरबारमा निम्त्याएछन् । माथि उल्लेखित ‘कुमार होइन’ भन्ने कथन यही भेटघाटको नै थियो किजस्तो लाग्छ । तर, उक्त कथन मैले त्यसबेला कांग्रेस वृत्तमा चलेको चर्चाका आधारमा उल्लेख गरेको हुँ । अब म जुन कुरो भन्न गइरहेको छुँ, त्यो चाहिं मलाई किसुनजीका तत्कालीन अनन्य सहयोगी स्वर्गीय वासु रिसालले सुनाउनुभएको हो ।

हल्का सोमरस पानसँगै कुराकानी रमाइलो ढंगले अगाडि बढ्यो । किसुनजीले युवराजतर्फ फर्किँदै सोध्नुभयो,’ सराकार, विवाह गर्ने बेला भएन ? गर्ने होइन ?’ युवराजलाई आफ्ना मातापितासामु आफ्नो विवाहको कुरो गर्न थोरै असहज पनि भएको हुनुपर्छ । उनले हाँस्दै छड्किन खोजे । किसुनजी चाहिं छोड्ने मुडमा हुनुहुन्थेन । उहाँले भन्न थाल्नुभयो,’ विवाह गर्नुपर्छ । धेरै अलमलियो भने ढिलो हुन्छ । राजगद्दीको उत्तराधिकारी पनि चाहियो नि १ ढिलो गरिरह्यो भने मेरै गति हुन सक्छ । भ्याउँदै नभ्याइएला ’

राजा वीरेन्द्रको निम्ता मानेर किसुनजी दरबार पुग्नुभयो । त्यस दिन वीरेन्द्र हल्का रमाइलो गर्ने मूडमा रहेछन् र भेटघाटको उद्देश्य चाहिं नयाँ प्रधानमन्त्रीलाई आफ्नी महारानी र युवराजसँग परिचय गराउने रहेछजस्तो बुझियो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कक्षमा राजाका साथै महारानी ऐश्वर्य र युवराज दीपेन्द्रसमेतले स्वागत गरे । किसुनजी सोमरसप्रेमी हुनुहुन्थ्यो । स्वाभाविक रूपमा उहाँलाई सोमरसका साथ आवभगत गरियो । राजाले आफ्ना परिवारलाई चिनाउने क्रममा युवराज दीपेन्द्रतर्फ औंल्याउँदै भने छन्, ‘पीएम, ही इज आवर क्राउन प्रिन्स अर्थात् प्रधानमन्त्री, यिनी हाम्रा युवराज हुन् ।’

त्यसबेला युवराज दीपेन्द्रले हल्का दाह्री पालेका थिए । सायद, यही देखेर हो वा अरू नै कारणले हो किसुनजीले तत्काल प्रतिक्रिया व्यक्त गर्नुभएछ, ‘हि लुक्स लाइक अ कम्युनिस्ट अर्थात् उहाँ त कम्युनिस्टजस्तो पो देखिनुहुन्छ ।’ किसुनजीको यो अनौठो प्रतिक्रिया सुनेर राजपरिवार अक्क न बक्क भएछन् । सायद, राजालगायत उनको परिवारलाई यस खाले प्रतिक्रियाको पटक्कै अपेक्षा थिएन । उनीहरू यस्ता कुरामा थोरै पनि अभ्यस्त थिएनन् होला । अलि सम्हालिएपश्चात् राजा वीरेन्द्रले भनेछन्, ‘डोन्ट इनकरेज हिम (उसलाई प्रोत्साहित नगर्नोस् त) ।’

हल्का सोमरस पानसँगै कुराकानी रमाइलो ढंगले अगाडि बढ्यो । किसुनजीले युवराजतर्फ फर्किंदै सोध्नुभयो, ‘सराकार १ विवाह गर्ने बेला भएन रु गर्ने होइन रु युवराजलाई आङ्खना मातापिताका सामु आफ्नो विवाहको कुरो गर्न थोरै असहज पनि भएको हुनुपर्छ । उनले हाँस्दै छड्किन खोजे । किसुनजी चाहिं छोड्ने मूडमा हुनुहुन्थेन । उहाँले भन्न थाल्नुभयो, ‘विवाह गर्नुपर्छ । धेरै अलमलियो भने ढिलो हुन्छ । राजगद्दीको उत्तराधिकारी पनि चाहियो नि १ ढिलो गरिरह्यो भने मेरै गति हुन सक्छ । भ्याउँदै नभ्याइएला १’ वातावरण सायद थोरै बोझिलो बन्न पुगेको थियो । किसुनजीका यी भनाइको जवाफ कोहीसँग थिएन, युवराजसँग त झनै थिएन १ किसुनजीले युवराजतर्फ उन्मुख हुँदै थप्नुभयो, ‘केटी खोज्नुप(यो । नभए म खोजिदिन्छु । बिहा चाहिं काश्मिरी कन्यासँग गर्नुपर्छ १ स्याउजस्ता राता आकर्षक गाला १ अत्यन्तै राम्री हुन्छन् १ घरानिया राजपूत कन्याहरू पाइन्छन् । नेपालीहरू ठिक हुन्नन् सरकारका लागि । राणा त हुँदै हुन्न है १ बदमास हुन्छ्न् ।’ किसुनजीले यो ‘राणा त हुन्न’ भन्ने वाक्यांश बारम्बार दोह¥याउनुभयो र यसो गर्दै बडामहारानी ऐश्वर्यको मुहार हेर्नुहुन्थ्यो १ बताइरहन नपर्ला, बडामहारानी ऐश्वर्य श्री ३ जुद्धकी पनातिनी राणा थिइन् १ त्यसबेला राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्रको मनोदशा कस्तो भयो होला १ स्वर्गीय वासु रिसालका अनुसार उल्लेखित वार्तालाप’दयगत स्वयं किसुनजीले बताउनुभएको हो । वार्तालाप’दयगत सुनेपछि वासु रिसालले भन्नुभएको थियो रे, ‘किन त्यस्तो छुच्चो कुरो गर्न परेको तपाईंलाई रु’ किसुनजीले तत्काल जवाफ दिनुभयो, ‘कम्ता दुःख दिएका छ्न् त यिनले । अहिले मौका परेको बेला किन छोड्नु ’

अर्को एउटा किसुनजीको व्यंग्यवाण’दयगत पनि कुरा गरौं । यो त सार्वजनिक रूपमा टेलिभिजनको पर्दामै देखिएको सुनिएको थियो । कुरो २०५३ सालको हो । राजा वीरेन्द्रको गद्दी आरोहणको रजतजयन्ती मनाइँदै थियो । थरीथरीका कार्यक्रम भए । नेपाल टेलिभिजनले पनि एउटा कार्यक्रम प्रसारित ग¥यो । बहालवालादेखि पर्वप्रधानमन्त्रीलाई सम्म बोलाएर राजा वीरेन्द्र’दयगत बोल्न लगाइयो । कीर्तिनिधि विष्टदेखि किसुनजीसम्मलाई बोलाइएको थियो । विष्ट वा उनीजस्ताले ‘मौसुफको प्रताप’का ’दयगतमा गरेको व्याख्या कस्तो थियो होला रु भनेर बताइरहन नपर्ला । किसुनजीलाई पनि राजा वीरेन्द्रका ’दयगतमा प्रश्न सोधियो । उहाँको भनाइ यसखाले थियो, ‘उहाँहरू ९राजाहरू० मानिस हो र रु मानव हो र रु मानव’दयगत पो हामीजस्ताले टिप्पणी गर्ने १ हामीले उहाँहरूका ’दयगतमा टिप्पणी गरिरहनु उचित हुन्न ।’ ‘मानिस हो र रु’ भन्ने वाक्यांश उहाँले बारम्बार दोह¥याउनुभयो । अनि, सानो आवाजमा अनिच्छुक भएजस्तो गरी ‘उहाँहरू त महामानव’ चाहिं भन्नुभयो । किसुनजीको ‘सन्देश’ सबैले प्रस्ट बुझ्न सक्थ्यो । नेपाल टेलिभिजनको आर्काइभमा त्यो रेकर्ड अझै होला १

किसुनजीसँग सम्बन्धित यी दुई घटनाको उल्लेख गर्नुको पछाडि कसैलाई होच्याउने वा निचो देखाउने उद्देश्य पटक्कै छैन । नेपाली कांग्रेसको वरिष्ठ पुस्तामा मुलतः दुई थरि मानिस पाइन्छ । पहिलो, राजदण्डको प्रचण्ड रापबाट जोगिन निर्वासनमा गएका र दोस्रो मुलुक नछाडेर जेलनेल भोगेका । पहिलो थरिले राजाको प्रत्यक्ष प्रताडना धेरै खप्न परेन । दोस्रोले चाहिं बेला कुबेला राजदण्डको राप र ताप भोग्नुप(यो । निर्वासनमा जानेहरूको आफ्नैखाले अभाव र दुःख थियो नै, साथै प्रत्यक्ष प्रतिद्वन्द्वीका रूपमा निर्वासनमै रहेका कम्युनिस्टलाई पाए ।

यता, मुलुकमै बस्नेहरूका लागि राजा नै मुख्य शत्रु बन्न पुग्यो । यसले गर्दा निर्वासनमा जाने वर्गमा कम्युनिस्टप्रति बढी असहिष्णुता पाइन्छ भने मुलुकमै रहनेहरूमा राजाप्रति बढी द्वेष रहेको देखिन्छ । किसुनजी मुलुकभित्र रहनेमध्ये पर्नुहुन्थ्यो र स्वभावतः उहाँमा कम्युनिस्टप्रति थोरै नरमपन तथा राजाप्रति बढी द्वेष भाव रहेको पाइन्छ । माथि उल्लेखित दुई घटना पनि यसैको प्रतिबिम्ब हो । उहाँमा राजा वा राजतन्त्रप्रति पटक्कै प्रेम थिएन ।

तर, आज कतिपयले किसुनजीलाई राजतन्त्रवादी, राजभक्त र राजावादी भनेर चित्रण गरेको पाइन्छ । खासमा मूलतः किसुनजी नितान्त फरक व्यक्तित्व हुनुहुन्थ्यो । राजा भन्ने संस्थालाई उहाँ बाध्यताको उपजभन्दा बढी ठान्नुहुन्नथ्यो । उहाँ राजालाई बाध्यतावश ‘खोपाको देउता’सम्म मान्न तयार हुनुहुन्थ्यो । २०४७ सालको संविधानप्रति भने उहाँलाई केही मोह थियो होला किनकि त्यो उहाँले बनाउनुभएको थियो ।

किसुनजी एक अतुलनीय एवं अप्रतिम पात्र हुनुहुन्थ्यो । व्यक्तिगत रूपमा राजाको घोर विरोधी भएर पनि संवैधानिक राजतन्त्रप्रति निष्ठावान रहनुभयो । किनकि, उहाँलाई त्यसैमा देशको हित हुन्छ भन्ने लाग्यो होला १ उहाँ अध्यात्मवादी हुनुहुन्थ्यो र कर्मकाण्डी ब्राह् मण हुनुहुन्थ्यो । तर, कसैलाई नलुकाई सोमरस पान गर्नुहुन्थ्यो ।

आदर्श जीवनको वकालत गर्ने किसुनजी सहजै ‘म कुमार होइन’ भनिदिनुहुन्थ्यो । गोरखाबाट चुनाव हारेर फर्केपछि सहजै ‘मैले ६ महिनाका लागि पुग्ने रासनको बन्दोबस्त गरें’ भनेर खुसी भइदिनुहुन्थ्यो । ध्यान दिएर हेर्ने हो भने यस्तो परस्पर विरोधी र विकट परिस्थिति एवं मनस्थितिमा पनि सहजसँग रहनसक्नु आफैंमा अद्वितीय एवं अप्रतिम योग्यता हो । राजधानी दैनिकबाट

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);