हिरासतमै थुनुवाको मृत्यु भएपछि धनुषामा प्रहरीले गोली चलायो | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

हिरासतमै थुनुवाको मृत्यु भएपछि धनुषामा प्रहरीले गोली चलायो

काठमाडौं,६ पुस । धनुषामा प्रहरी हिरासतमा रहेका एकजना थुनुवाको मृत्यु भएको छ। हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवा दीपनारायण मण्डलको गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मण्डलको मृत्यु भएपछि उनका परिवार,आफन्त तथा स्थानीय बासिन्दा आक्रोशित भएर प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका छन्। उनीहरुले प्रहरीको मोटरसाइकलमा आगजनी गरेका छन्।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा गोली लागेर शंकर मण्डल घाइते भएको एक स्थानीयले बताए । उनको हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);