श्याम गुप्ता, ६ जेष्ठ बारा ।
बाराको आधारबारमा शनिवार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यू भएको छ । पाँच जनाको अवस्था भने गम्भीर रहेको छ । अन्य पन्द्र जना सामान्य घाईते भएका छन् । निजगढ हेटौंडा सड्क खण्ड अन्तरर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित राजश्व कार्यालयको चेक प्वाईन्टको उत्तर पाँच सय मिटरमा सवारी अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।
विहान करिब पाँच बजेको समयमा भएको सो दुर्घटनामा परी मृत्यू हुँनेमा धनुषा जिल्लाको रामपट्टी सिरिसिया बस्ने बर्ष ३२ कीरन साह र महोत्तरी जिल्लाको रत्तौली वडा नं.६ बस्ने बर्ष ४५ को बल्ला यादव रहेका छन् । गम्भीर घाईते हुँनेहरुमा महोत्तरी जिल्लाको मटियाही वडा नं.८ बस्ने बर्ष ५० को मन्सु साह , धनुषा जिल्लाको कवाडहल वडा नं.१० बस्ने बर्ष १८ को ईदम महमद , सोहि जिल्लाको बालमिकी वडा नं.८ बस्ने बर्ष ४० को रोहित यादव , सो ठाउँको वडा नं.३ बस्ने बर्ष ४८ को रामपुकार अधिकारी र दुअवी वडा नं.२ बस्ने बर्ष २६ को जमुन पंडित रहेका छन् ।
उनीहरुको अहिले बिरगंज स्थित बिरगंज हेल्थ केयर सेन्टरमा र सामान्य घाईते भएका पन्द्र जना यात्रीहरुको जिल्ला स्थित तराई सिमरा हस्पिटलमा औषधी उपचार भईरहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले जनाएको छ । काठमाण्डौंबाट जनकपुर तर्फ जाँदै गरेको ना.७.ख.१६४१ नंम्बरको यात्रु बाहक बस तिब्र गतिका कारण अनियन्त्रि भएको पल्टिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
बसका चालकलाई अहिले ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ , भने दुर्घटनामा क्षेतीग्रस्त बस अहिले पनि घटना स्थल मैं रहेको प्रहरीले जानकारी दिएको छ ।