काठमाडौं,२ पुस । नेपाल सरकारले आज एक दिने शोक मनाउँदै छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा नेपाल सरकारले आज एक दिन शोक मनाउन लागेको हो ।
गृहमन्त्रालयले एक सुचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयमा कुवेतका अमिरको सम्मानमा सोमबार शोक मनाउने जानकारी दिएको हो ।
आज नेपाल भरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदुतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । ८६ वर्षीय अमिरको शनिबार निधन भएको थियो ।