काठमाडौं उपत्यकामा आज सबैभन्दा न्युनतम तापक्रम,निकै जाडो | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

काठमाडौं उपत्यकामा आज सबैभन्दा न्युनतम तापक्रम,निकै जाडो

काठमाडौं, २४ मंसिर । आज काठमाडौं उपत्यकामा अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । उपत्यकाको आज बिहान पौने ६ बजेको रेकर्डअनुसार न्युनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको छ ।  यसअघि न्युनतम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

आज कोशी,गण्डकी र बाग्मतीमा बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।
नेपालमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

नयाँ प्रणाली आउने र देशभर प्रभाव पर्ने तत्काल सम्भावना नरहेको विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);