यो वर्षकै चिसो आज, कति छ काठमाडौंको न्युुनतम तापक्रम ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यो वर्षकै चिसो आज, कति छ काठमाडौंको न्युुनतम तापक्रम !

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम निकै कम देखिएको छ । सम्भवत यो वर्षकै कम तापक्रम हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज ८ः ४५ बजेको मापन अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ३.१ डिग्री सेल्सियस छ । मंगलबार उपत्यकाको न्युनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो ।

महाशाखाको अनुसार सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भुु–भागमा हुस्सु लागेको छ । प्रदेश १ को पहाडी भू–भागमा सामान्य वर्षा हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बर्षा हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने संभावना रहेको भन्दै विभागले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभाव रहने जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);