ईलाईट रिसोर्ट संचालकसहित १६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

ईलाईट रिसोर्ट संचालकसहित १६ जना पक्राउ

कास्की,१२ मंसिर । रिसोर्टमा जुवातास खेल्दै गरेका रिसोर्ट संचालक समेत १६ जना पक्राउ परेका छन् । पोखरा महागनरपालिका–२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका(३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

ताजा समाचार