लागूऔषधसहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

लागूऔषधसहित ४ जना पक्राउ

बाँके,१२ मंसिर । नेपालगन्जबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित सोही उपमहानगरपालिका–१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने कालिकोट रानीत्रिवेणी गाउँपालिका–५ घर भएका ३० वर्षीय विश्वराज बम समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);