दुर्गा प्रसाईंका स्वकिय सचिवसहित १५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

दुर्गा प्रसाईंका स्वकिय सचिवसहित १५ जना पक्राउ

काठमाडौं,१२ मंसिर । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । गौशालामा सोमबार भएको झडपमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले थापासहित १५ जनालाई पक्राउ गरेको हो । उनीहरु अहिले प्रहरीको हिरासतमा छन् ।

थापासहित भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का अहिले प्रहरीको नियन्त्रणमा छन्।
उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउनेबारे भने प्रहरीले कुनै निर्णय गरेको छैन् ।

गत मंसिर ७ गतेदेखि प्रसाईं नेतृत्वको महाअभियानले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ । सोही क्रममा सोमबार गौशालामा प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्दा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थियो। त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);