सुकुम्वासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

सुकुम्वासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन गर्ने

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री प्रचण्डले सुकुम्वासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गर्नुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नेगरी पुराना ऐनहरु संशोधन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । वन ऐनले गर्दा सबै विकास रोकिने स्थिति बनेको उल्लेख गर्दै उहाँले यसको संशोधनपछि एउटा ठूलो क्रान्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट अहिलेसम्म राम्रा कामहरु भएको जिकिर गर्दै अझै राम्रा कामका लागि प्रयास गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);