कांग्रेस नेता गुरु बराल भुकम्पपीडितको घरटहरा बनाउँदै,३ स्थानमा आज हस्तान्तरणको तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

कांग्रेस नेता गुरु बराल भुकम्पपीडितको घरटहरा बनाउँदै,३ स्थानमा आज हस्तान्तरणको तयारी

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका नेता गुरु बरालको नेतृत्वमा रुकुम पुगेको टोलीले भुकम्प पीडितहरुको अस्थायी बसोबासको संरचना निर्माण गरिरहेको छ ।

पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार भुकुम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको सानो भेरी गाँउपालिका–४ पुरानो गाउँमा एक हप्तादेखि अस्थायी टहरा निर्माणको काम थालनी गरेको थियो ।

उक्त टोलीमा केन्द्रीय प्रतिनिधि एवं प्रभावशाली नेता वरालसहित केन्द्रीय सदस्य मानबहादुर नेपाली, कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्ण बहादुर रोकाय,रुकुम पश्चिमका सभापती प्रेम प्रकाश ओली, युवा नेता शिव आचार्यलगायत रहेका छन् ।

कांग्रेस नेता तथा कार्यकर्ताको नेतृत्वको टोलीले गौनी वि.क.को घरवाट टहरा बनाउने काम सुरुवात गरेको थियो । आजै ३ स्थानमा अस्थायी घर हस्तान्तरण गरिने युवा नेता महेश कुमार तिमिल्सानाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);